गोदावरी मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा निरौला

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाभित्रका मोबाईल व्यवसायीहरूको छाता संगठन गोदावरी मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ ।

Ganyapdhura gau

शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले संघका संस्थापक अध्यक्ष गंगा प्रसाद निरौलालाई पुनः अध्यक्षमा चयन गर्दै १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश कडेल, उपाध्यक्षमा प्रकाश कुँवर, महासचिवमा सोमप्रसाद सापकोटा, सचिवमा भक्त बहादुर बोहरा तथा कोषाध्यक्षमा प्रताप बम चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा ललित सार्की, लाल बहादुर चौधरी, चन्द्र प्रसाद जोशी, देव सिंह बी.के., भुपेन्द्र कुँवर, दीपक मल्ल र डिल्लीराज कडेल रहेका छन् ।

यस्तै, संघको सल्लाहकार समितिमा गणेश बहादुर बोगटी र प्रेम बम चयन भएका छन् ।

Couple
Loading...