गोदावरी मोबाइल व्यवसाय सङ्घ, गोदावरी कैलालीको प्रथम साधारण सभा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी मोबाइल व्यवसाय सङ्घ, गोदावरी कैलालीको प्रथम साधारण सभा यही पौष १२ गते शनिबार स्वागत इन होटलमा भव्यताका साथ सम्पन्न भएको छ।

सङ्घका अध्यक्ष गंगाप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल मोबाइल सङ्घ सुदूरपश्चिमका अध्यक्ष सूर्य सापकोटा, इलाका प्रहरी कार्यालय मालाखेतीका वरिष्ठ प्रहरी नायब निरीक्षक रविन्द्र धनुष तथा इन्फिनिटिक कम्पनी मोबाइलका चक्र न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

Navadurga sun

कार्यक्रमको सञ्चालन सङ्घका महासचिव रमेश कँडेलले गर्नुभएको थियो। “सामाजिक सद्भावना, व्यावसायिक सुरक्षा र हक–अधिकार हाम्रो कामना” भन्ने नाराका साथ सञ्चालन भएको कार्यक्रममा वक्ताहरूले गोदावरी मोबाइल व्यवसाय सङ्घ २०८१ सालमा दर्ता भई स्थापना भएको जानकारी गराए। यो संस्था रहर वा प्रतिस्पर्धाको भावनाले नभई मोबाइल व्यवसायीहरूको व्यावसायिक सुरक्षा र हक–अधिकार संरक्षणका लागि गठन गरिएको बताइयो।

हाल सङ्घमा गोदावरी क्षेत्रका ६० भन्दा बढी मोबाइल व्यवसायी आबद्ध भइसकेका छन्। सुरुमा २५ जना सदस्यबाट स्थापना भएको सङ्घ क्रमशः विस्तार हुँदै गएको जनाइएको छ।

कार्यक्रममा सङ्घका सचिव सोमप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सङ्घले सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रुहरूलाई सर्वत पानी वितरण, समावेशी विद्यालय अत्तरियालाई आर्थिक सहयोग, अनाथ बालबालिका तथा गरिब वर्गका लागि राहत कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। साथै आगामी दिनमा पनि यस्ता समाजसेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।

प्रमुख अतिथि रोकायाले जनता र सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले रोजगारी सिर्जनाका लागि मोबाइल तालिमको व्यवस्था गर्ने र सङ्घसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले मोबाइल प्रविधिले विश्वभर अत्याधुनिक सेवा प्रदान गरिरहेको भए पनि यसको दुरुपयोगले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो। साथै सङ्घले आफ्ना मागहरू स्थानीय सरकारसमक्ष ल्याएमा सहयोगका लागि आफूहरू सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा वक्ताहरूले मोबाइल प्रविधि विश्वकै अग्रणी प्रविधि भएको उल्लेख गर्दै यसबाट सबैले लाभ लिनुपर्ने, ग्राहकलाई मोबाइल बिक्रीको नाममा ठगी नगर्नुपर्ने तथा “ग्राहक देवता हुन्” भन्ने भावना आत्मसात् गर्नुपर्नेमा जोड दिए। साथै मोबाइल व्यवसायलाई रोजगारी सिर्जना र समाजसेवाको माध्यमका रूपमा विकास गर्न सबै व्यवसायीलाई आग्रह गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...