


धनगढी- कैलालीको पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। शुक्रबार साँझ लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाश धाम तीर्थस्थल नजिक दुर्घटना भएको हो।



पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ४ प ६७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको दाहिने किनारमा रहेको पिल्लरमा ठोक्किँदा चालक लम्कीचुहा नगरपालिका–१ लम्कीका २६ वर्षीय अनीश भण्डारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





