रास्वपा सुदूरपश्चिम नेतृत्व र धनगढी मेयर गोपी हमालबिच भेटवार्ता

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल (गोपी) हमालबिच भेटवार्ता भएको छ।

रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टको नेतृत्वमा प्रदेश महामन्त्रीलगायतका नेताहरूको टोलीले आज धनगढीमा मेयर हमालसँग भेटघाट गरेको हो। केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला तथा स्थानमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग संवाद गर्दै आएको रास्वपाको टोलीले धनगढीमा मेयर हमालसँग छलफल गरेको हो।

Navadurga sun

भेटका क्रममा सुदूरपश्चिम प्रदेशको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू तथा सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको प्रदेश सभापति विष्टले जानकारी दिए।

त्यसैगरी मुलुकमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा देखिएका पक्षहरूबिच सहकार्य र एकताको आवश्यकताबारे पनि दुवै पक्षबिच गहन संवाद भएको बताइएको छ। भेटपछि सभापति विष्टले देश र प्रदेशको भविष्यका लागि जिम्मेवार नेतृत्वबिच यस्ता संवादहरू निरन्तर आवश्यक रहेको बताएका छन्।

भेटमा रास्वपाका सुदूरपश्चिम प्रदेश कमिटीका विभिन्न नेताहरूको सहभागिता रहेको थियो। रास्वपाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आफ्नो संगठनात्मक सक्रियता बढाउँदै स्थानीय तहका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्र बनाउँदै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...