

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानसुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति पनि देशभर मौसम मुख्यतया सफा रहनेछ ।


देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले सडक तथा हवाइ यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।





