धनगढी हसनपुरमा घरको जगमा पुरिएर एक पुरुषको मृत्यु

धनगढी- धनगढी उपमहानगरपालिका—५, हसनपुरमा घरको जगमा पुरिएर एक जनाको मृत्यु भएको छ । अन्दाजी ५२ वर्षीय दिपेन्द्र जोशीको पुरानो घरको जगबाट इट्टा निकाल्ने क्रममा खाल्टोमा पुरिएर मृत्यु भएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक राजकुमार सिंहका अनुसार जोशी घर मर्मतका लागि पुरानो घरको इट्टा निकाल्ने काम गर्दै थिए । उक्त कामका क्रममा अचानक जमिन खसेरे र उनी खाल्टोमा पुरिएका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun

घटना स्थलबाट जिल्ला प्रहरी कार्यालय कैलाली र धनगढी नगर प्रहरीको टोलीले उद्धार गरि अस्पताल पुर्‍याए पश्चात चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

Loading...