कञ्चनपुरमा ८ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुने जोखिम

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको शीतलहर पूर्व तयारी योजना अनुसार भीमदत्त नगरपालिकामा एक हजार ३ सय ५०, बेदकोट नगरपालिकामा एक हजार २ सय ५०, शुक्लाफाँटामा एक हजार ५ सय ५०, कृष्णपुर नगरपालिकामा ९ सय, बेलडाँडी गाउँपालिकामा ८ सय ८०, पुर्नवास नगरपालिकामा ८ सय ५०, दोधारा चाँदनी नगरपालिकामा ८ सय ५०, बेलौरी नगरपालिकामा ५ सय र लालझाडी गाउँपालिकामा ७ सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

प्रतिकार्य योजनामा शितलहर प्रभावितलाई राहत उपलब्ध गराउने र विशेषगरी बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवतीलाई प्राथमिकता दिइने, विपद्को समयमा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजबीच समन्वय कायम गर्ने उक्त योजनामा उल्लेख छ । त्यसैगरि जाडोयाममा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्यालाई कम गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्यकर्मी तथा औषधी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

Couple
Loading...