अत्यधिक चिसोका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द

कञ्चनपुर- विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

Ganyapdhura gau

चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले पुस ६ र ७ गते नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार प्रतिकूल मौसमका कारण पठनपाठनमा समस्या देखिन थालेपछि नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुने गरी दुई दिन विद्यालय बन्द गरिनेछ । शुक्रबार भुवा पर्वको बिदा र शनिबार सार्वजनिक बिदा परेकाले आइतबार र सोमबार विद्यालय बन्द रहनेछन् ।

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चलिरहेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

विशेषगरी बिहानको समयमा विद्यालय जाने साना बालबालिकामा चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेको स्थानीयको भनाइ छ ।

यसैबीच स्थानीय तहहरूले चिसोबाट जोगिन सर्वसाधारणलाई सचेत गराउँदै सार्वजनिक सूचना जारी गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन, तातो झोलिलो खानेकुरा खान तथा आगो ताप्दा विशेष सावधानी अपनाउन स्थानीय तहले आग्रह गरेका छन् ।

Couple
Loading...