कञ्चनपुर- कञ्चनपुर कारागारमा शुक्रवार दिउँसो झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् ।



शुक्रवार दिउँसो ४ बजे कारागारमा कैदीबिच भएको झडपका क्रममा घाइते हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । घाइते हुनेमा किरण सिंह, करण कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, संजिव भण्डारी र जनक खड्का रहेका छन् ।


जसमध्ये, किरण, करण, दिनेश र राजेन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चारै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।





