

लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी मोबाइल व्यवसायी सङ्घको प्रथम साधारण सभा तथा अधिवेशन पुष १२ गते शनिबार, स्वागत इन होटेल मा भव्यतासाथ सम्पन्न हुने भएको छ । सङ्घका अध्यक्ष गंगाप्रसाद निरौलाले कार्यक्रम निश्चित भइसकेको र उक्त दिन ७१ जना मोबाइल व्यवसायी लगायत अन्य अतिथिहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।



यसअघि साधारण सभा भदौ २७ मा आयोजना गर्ने योजना थियो, तर देशको विषम परिस्थिति र जेन्जीहरूको आन्दोलनका कारण स्थगित भएको थियो ।


गोदावरी र अत्तरिया क्षेत्रका मोबाइल व्यवसायीहरूको हकहित, अधिकार र कर्तव्य सुनिश्चित गर्न यो सङ्घ गठन गरिएको हो । अध्यक्ष निरौलाले सबै व्यवसायीहरूले एकजुट भएर संगठन मार्फत व्यवसाय सञ्चालन गर्न आवश्यक भएको बताए ।
कार्यक्रममा मोबाइल व्यवसायीहरूको साथै समाजसेवी, विद्वान वर्ग, अन्य व्यापारी र विशिष्ट व्यक्तिहरूको पनि उपस्थित रहने जानकारी दिइएको छ ।