बैतडीमा घाँस काट्ने क्रममा तीन वर्षमा ५२ जनाको मृत्यु

बैतडी- बैतडी जिल्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाउने महिलाको संख्या बर्सेनि बढ्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म घाँस काट्ने क्रममा ५२ जनाको मृत्यु भइसकेको छ ।

Ganyapdhura gau

प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा २१ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा १४ जनाले घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै ४ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्लो घटना मंगलबार जिल्लाको मेलौली नगरपालिका–२ सलेनामा भएको हो । ७२ वर्षीया लक्ष्मी भट्ट घाँस (स्याउला) काट्न घर नजिकैको जंगल गएकी थिइन् । बिहानदेखि नफर्केपछि खोजी गर्ने क्रममा दिउँसो करिब ४ बजेतिर स्थानीय ल्वापा भीरबाट लडेको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

बैतडीमा पुरुषहरू प्रायः ज्याला–मजदुरीका लागि बाहिर जाने र महिलाहरूले घाँस काट्ने जिम्मेवारी लिने परम्परा रहेको छ । यसका कारण महिलाहरू दिनभर ठूला–ठूला भीरमा जोखिमपूर्ण रूपमा घाँस काट्न बाध्य हुने गरेका छन् । घाँस काट्ने क्रममा कुनै पनि सुरक्षात्मक उपाय नअपनाइने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको देखिन्छ ।

प्रहरीका अनुसार घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु हुनेको वास्तविक संख्या तथ्यांकमा उल्लेख भएभन्दा बढी हुनसक्छ । कतिपय अवस्थामा मृत्युपछि आफन्तले प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्ने भएकाले सबै घटना तथ्यांकमा नसमेटिएको प्रहरीको भनाइ छ ।

Couple
Loading...