सुदूरपश्चिममा भोलि भुवा पर्वका अवसरमा बिदा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले पुस ४ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ। विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन्। यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ।

Navadurga sun

पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ। पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ। विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र त्यसैको सम्झनामा भुवो खेल खेल्ने चलन भएको बताइएको छ। यसैबिच बाजुरेली सेवा समाजले धनगढीमा भुवो पर्व महोत्सव आयोजना गर्ने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...