अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आउने कलाकारहरूको सूची सार्वजनिक

अत्तरिया- अत्तरियामा सृजनशील युवा क्लबको आयोजनामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२ यही पौष ९ गतेदेखि पौष १९ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

Ganyapdhura gau

महोत्सवमा अभिनेता पल शाह र प्रभात पाल ठकुरी सहित गायक–गायिकाहरू रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान, दुर्गेश थापा, चक्र बम, पशुपति शर्मा, प्रकाश सपूत, टंक तिमिल्सिना, शान्ति श्री परियार, अर्जुन सापकोटा, हिमाल सागर, रामजी खाँड, शान्ता रानी परियार, एञ्जिला रेग्मी, चेतन बोहरा, कुलेन्द्र परियार र हास्य कलाकार निशान्त परियारको प्रस्तुति रहनेछ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

नृत्यतर्फ आरुशी मगर, दुर्गा भट्ट र पूजा मगरले विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रमसँगै महोत्सवमा मनोरञ्जनात्मक तथा व्यापारिक स्टलहरू पनि सञ्चालन हुने जनाइएको छ। आयोजकले यस महोत्सवले स्थानीय पहिचान र मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने र युवालाई सिर्जनशीलतामा प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्ः अत्तरियामा पुस ९ देखि सुरु हुने सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी तिब्र

Couple
Loading...