अत्तरियामा पुस ९ देखि सुरु हुने सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी तिब्र

अत्तरिया- कैलालीको अत्तरियामा यही पुस ९ गतेदेखि हुना लागेकाे सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी तिब्र पारिएको छ । सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।

क्लबले महोत्सवको तयारीलाई तीव्र बनाएको छ । निर्माण टोलीले मञ्च व्यवस्थापन लगायतका संरचनात्मक कामहरू गरिरहेको जनाएको छ। महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ ।

Navadurga sun

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने कला, संस्कृति र स्थानीय पहिचान झल्किने विभिन्न सामग्रीहरू पनि प्रस्तुत गरिने क्लबले जनाएको छ ।

सृजनशील युवा क्लबले यसअघि २०६६ सालदेखि २०७१ सालसम्म नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको थियो। २०७२ सालमा उक्त जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिएको भए पनि विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेपछि क्लबले पुनः आफैं आयोजना गर्न लागेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...