कांग्रेस कैलालीमा उम्मेदवार आकाङ्क्षीको चाप, ३० जनाको नाम जिल्ला कमिटीमा

कैलाली- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवारका आकाङ्क्षीको सङ्ख्या उल्लेख्य देखिएको छ। पार्टीले उम्मेदवार टुङ्गो लगाउन आकाङ्क्षीको नाम माग गरेपछि पाँचवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३० जनाको नाम जिल्ला कार्य समितिमा पुगेको हो।

कांग्रेसका क्षेत्रीय कमिटीहरूले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाङ्क्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेका छन्। जिल्ला कमिटीले नाम टुङ्गो लगाएर प्रदेश कमिटीमा पठाउने तयारी गरे पनि केही आकाङ्क्षीका कागजात अपुग रहेकाले प्रक्रिया ढिलाइ भएको जिल्ला सचिव नृप सुनारले जानकारी दिए। उनका अनुसार अपुग कागजात सङ्कलन गर्ने काम भइरहेको छ।

Navadurga sun
Godawari sandesh

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ डा. रणबहादुर चन्द, जनकराज चौधरी, बुद्धिसागर चौधरी र ईश्वरी न्यौपानेको नाम आएको छ। समानुपातिकतर्फ केशरीकुमारी रावल, उमाकुमारी बादी, धीरजराज रेग्मी, बिर्खबहादुर रावल, सुशीला स्वाँर र राजेशकुमार टमटा सिफारिस भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि फकिरसिंह कठायत, नृपबहादुर खड्का र जगन्नाथ रिमालको नाम आएको छ।

Dadeldhura hospital

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ घनश्याम जोशी, कृष्णराज पाण्डेय, विजय स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, नमराज उपाध्याय, वीरबहादुर थारू, मोहनसिंह राठौर र जितेन्द्र उपाध्यायसहित १० जनाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ टीका चौधरी, शिव थापा, रीता मुडभरी, सुमन सञ्ज्याल, कर्णबहादुर चौधरी, नन्दराम बादी, रवीन्द्रकुमार चौधरी, गोविन्द विष्ट, सुशीला जोशी र बलबहादुर विष्टको नाम आएको छ।

क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ अविनाश चौधरी, खेमराज थारू, भीम बडुवालमङ्कर शाह सिफारिस भएका छन्। समानुपातिकतर्फ रीता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्रीको नाम आएको छ भने राष्ट्रिय सभा सदस्यका लागि कलावती शाह र रामचरण चौधरीको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ वीरबहादुर बलायर, नैनसिंह महर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय, भुवन महरा र टेकराज पाण्डेयको नाम आएको छ। समानुपातिकतर्फ जानकी पाल, खड्कसिंह बडैला, गोपालबहादुर देउवा, गङ्गा कामी, यज्ञनिधि कोइराला र रमेश ताम्राकार सिफारिस भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि हिरादत्त भट्ट, डा. लक्ष्मीराज पाठक र गजेन्द्र पन्तको नाम आएको छ।

निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजु राणा देउवा, डिल्लीराज पन्त, नृपबहादुर वड र नरनारायण शाह (मनु) सिफारिस भएका छन्।

समानुपातिकतर्फ जीवन रानाथारू, सुनिता राना, सुशीला मिश्र, जागृति बोगटी, गौरी लामा, टेकबहादुर रैका, नरबहादुर बम, निपा चोखाल, प्रमिला लम्साल, पुष्पा जोशी भट्ट र मनिराम देवलको नाम आएको छ। राष्ट्रिय सभा सदस्यका लागि रिता भण्डारी, रामचन्द्र ओझा र हरिश खड्काको नाम सिफारिस गरिएको छ। सबै कागजात पूरा भएपछि जिल्ला कार्य समितिले उम्मेदवारको अन्तिम सूची प्रदेश कमिटीमा पठाउने जनाएको छ।

Loading...