कैलालीमा जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

भजनी- कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ। मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै निःशुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको हो।

उत्पादन भएको मेन्था निःशुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ। बर्सेनि मेन्थाखेती गर्ने किसानको लगत सङ्कलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गत वर्ष प्रशोधन केन्द्रले तीन हजार २०० केजी तेल खरिद गरेको थियो। यस वर्ष पाँच हजार केजी तेल खरिद गर्ने लक्ष्य लिइएको छ। मेन्थाको तेल प्रतिकेजी एक हजार पाँच सय रुपैयाँमा खरिद गर्दै आएको कार्यालय प्रमुख कमलराज बेलबासेले जानकारी दिए। प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ। त्यो जमिनको केही भागमा मेन्था र क्यामोमाइलको बिउ उत्पादन हुन्छ। उत्पादन भएको बिउ किसानलाई प्रतिकेजी १२ रुपैयाँमा बिक्री गरिँदै आएको छ। क्यामोमाइलको बिउ निःशुल्क वितरण हुँदै आएको छ।

एक केजी बीउ उत्पादनमा हामीले झन्डै ८६ रुपैयाँ खर्च गर्दै आएका छौँ। त्यहीँ बीउ किसानलाई रु १२ प्रती केजी वितरण गर्छौँ, उनले भने, एक बिघा क्षेत्रफलका लागि १२० केजीसम्म बिउ चाहिन्छ।ु कार्यालय प्रमुख बेलबासेका अनुसार एक बिघा क्षेत्रफलमा न्यूनतम एक सय केजी तेल उत्पादन गर्न सकिन्छ। झन क्यमोमाइलको तेलको मूल्य निकै महँगो छ। एक केजी क्यामोमाइल प्रशोधन केन्द्रले १९ हजारमा खरिद गर्दै आएको छ। यसको खेती माघ महिनामा गरिन्छ। किसानले तोरीखेती भित्र्याएर मेन्थाखेती गर्न सकिन्छ भने जेठमा यसलाई भित्र्याउनुपर्छ। त्यसो गर्दा किसानले असारमा सहजै धानखेती पनि गर्न सकिने कार्यालय प्रमुख बेलबासेले बताए।

कार्यालय प्रमुख बेलबासेका अनुसार प्रशोधन केन्द्रके लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ। तराईका जिल्लाहरुमा व्यावसायिक रुपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रतिकेजी एक हजार १५० रुपैयाँमा खरिद गर्दै आएको छ। गत वर्ष ६ सय केजी लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो।

केन्द्रले वार्षिक पाँच हजारभन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ। दैनिक ज्यालादारीमा केन्द्रमा अधिकांश महिलाहरूले काम गर्ने गर्छन्। मेन्थाको गोडमेल, दाउरा सङ्कलन, सिँचाइ, बिउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा केन्दले रोजगारी सिर्जना गर्दै आएको कार्यालय प्रमुख बेलबासे बताए। मैले झण्डै ११ वर्षदेखि यसैमा काम गर्दै आएकी छु, स्थानीय सम्झना पाण्डेले भनिन्, घरायसी कामकाज सकेर दिउँसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न अर्को विकल्प खोज्नुपरेको छैन।

Loading...