


अत्तरिया- नेपाली कम्युनिस्ट पार्टीले अत्तरियामा नगरस्तरीय एकता सभा आयोजना गर्दैछ । सभा सोमबार (भोलि) अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा हुनेछ । सभाका प्रमुख अतिथि पार्टीका नेता भीम रावल रहने छन् ।



गोदावरी क्षेत्रीय नेता धर्म कुँवरका अनुसार, सभामा स्थानीय तहमा पार्टी एकता र भविष्यका कार्ययोजनाबारे जनता माझ जानकारी गराइनेछ ।


पार्टीले मंसिर १२ गते धनगढीमा सफल एकता सभा सम्पन्न गरेको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १२ वटा घटकको समायोजनपछि बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी अहिले प्रदेश र स्थानीय तहस्तरीय एकता सभाहरू गर्दै आएको छ ।





