बैतडीको पुर्चौंडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । निधन हुनेमा २७ वर्षीया मञ्जु कामी रहेको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खस्दा उनको ज्यान गएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको बताइएको छ । मञ्जुका तीन छोरी र एक छोरा छन्। उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन् ।

Loading...