प्रमोद खरेल र ‘परम्परा’ ब्याण्ड पहिलोपटक धनगढीमा कन्सर्ट गर्ने

धनगढी- लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो चर्चित ब्याण्ड ‘परम्परा’ का साथ पहिलो पटक सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कन्सर्ट गर्ने भएका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

‘परम्परा’ ब्याण्डको बढ्दो मागलाई मध्यनजर गर्दै धनगढीका दर्शकको लामो प्रतीक्षालाई अन्त्य गर्न खरेल टिम आउँदो मंसिर २६ गते शुक्रबार त्यहाँ पुग्ने भएको हो । पछिल्लो समय देश तथा विदेशका विभिन्न सांगीतिक मञ्चहरूमा ‘परम्परा’ ब्याण्डको डिमाण्ड (माग) ह्वात्तै बढेको छ । उत्कृष्ट सांगीतिक प्रस्तुति र आकर्षक मञ्च व्यवस्थापनका कारण ब्याण्डले दर्शकको मन जितिरहेको छ ।

Navadurga sun
Godawari sandesh

ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलले आफ्नो सोलो करियरसँगै पछिल्लो समय ब्याण्डलाई नै सक्रिए रुपमा अगाडी बढाइरहेका छन्। उनले ‘परम्परा’ मार्फत आफ्ना पुराना र नयाँ दुवै हिट गीतहरूलाई भिन्नै शैलीमा दर्शकमाझ पस्किँदै आएका छन् । धनगढीको यो पहिलो प्रस्तुतिलाई ब्याण्ड र आयोजक दुवैले विशेष महत्वका साथ हेरेका छन् । 

Couple
Loading...