बैतडीको सूर्नयामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी- जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Dadeldhura hospital

दुर्घटनामा परी ट्रक चालकसमेत रहेका सूर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

godawari10 Mahila hinsa
Navadurga sun

खाली ट्रकमा चालक मात्र सवार रहेको र घटनास्थलमै उहाँको मृत्यु भएको बडुले जानकारी दिनुभयो । घटनाबारे स्थानीयले शुक्रबार बिहान करिब ८ बजे ट्रक सडकबाट खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनेवित्तिकै रौलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

Loading...