कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ को चौराहाबाट तीन युवकलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

शंकास्पद अवस्थामा रहेका लम्किचुहा नगरपालिका–५ का २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर, वेदकोट–७ का २० वर्षीय दिनेश पाल र सोही ठाउँका २० वर्षीय भूपेन्द्र विष्टलाई प्रहरीले रोकिराखी चेकजाँच गरेको थियो ।

Navadurga sun
Godawari sandesh

चेकजाँचका क्रममा उनीहरूले साथ ल्याएको १९० मिलिग्राम लागूऔषध ‘खैरो हेरोइन’ जफेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई उक्त पदार्थसहित अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Loading...