गैरघातक हतियार किन्दै सरकार

काठमाडौं- सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो ।

Navadurga sun
Godawari sandesh

‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने ।

Dadeldhura hospital

उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउने भएकाले गैरघातक हतियार आवश्यक भएको निष्कर्षमा सरकार पुगेको हो ।

‘गैरघातक हतियार नै भएन भने आफ्नो आत्मरक्षा होस् अथवा आफूले संरक्षण गर्नुपर्ने सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाको लागि होस् उहाँहरूले घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था आउने रहेछ र त्यतिखेर मानवीय क्षति हुने अवस्था धेरै हुनेरहेछ,’ गृहमन्त्रीले भने ।

यही निष्कर्षका साथ सरकार गैरघातक हतियारको खरिद गर्नुपर्ने निष्कर्षमा पुगेको हो । के कति गैरघातक हतियार खरिद गरिँदैछ र सहयोगका लागि कुन–कुन देशसँग समन्वय भएको छ भनेर भने उनले केही खुलाएनन् ।

‘अहिले गैरघातक इक्विपमेन्टहरूमा जोड दिनुपर्छ भनेर हामीले त्यसको खरिदलाई अगाडि बढाएका छौं,’ गृहमन्त्री अर्याल भन्छन्, ‘यसमा अरु मित्र राष्ट्रबाट पनि सहयोग प्राप्त हुने अपेक्षासहित हामीले त्यसमा पनि काम अगाडि बढाएका छौं।’

गृहमन्त्री अर्यालका अनुसार खरिद गरेर र वैदेशिक सहायताबाट गैरघातक हतियारको जोहो गर्ने र आगामी दिनमा घातक हतियार प्रयोग कम गर्ने नीतिमा सरकार अगाडि बढ्नेछ ।

Loading...