कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिकाका लागि स्थानीय नीति निर्माण सुरु

अत्तरिया- कैलालीका तीन स्थानीय तह लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाका अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न विशेष स्थानीय नीति २०८२ निर्माण सुरु गरिएको छ । गुडनेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार पार्दै विभिन्न सरोकारवालासँग सुझाव संकलन भइरहेको छ ।

Ganyapdhura gau

नयाँ नीतिले अपाङ्गता भएका बालबालिकाको हक–अधिकार संरक्षण, समान पहुँच, सार्वजनिक सेवा–सुविधामा सहभागीता, र सम्मानजनक जीवनयापन गर्न कानुनी आधार प्रदान गर्ने उद्देश्य राखिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

गुडनेवर्स इन्टरनेश्नलका कार्यक्रम संयोजक अरुण चौधरीका अनुसार नीति बनेपछि अपाङ्गता भएका बालबालिकाले राज्यका सेवा–सुविधा र अवसरमा उचित पहुँच पाउनेछन् । स्थानीय अपाङ्गता भएका व्यक्तिहरू—प्रभुनाथ उपाध्याय, चक्रबहादुर मल्ल र देवु टमट्टालगायत—ले नीतिले जीवन सहज हुने र व्यवहारिक कार्यान्वयन अत्यावश्यक रहेको बताएका छन् ।

लम्की चुहा नगरपालिकाकी प्रशासकीय अधिकृत सुषमा महता केसीका अनुसार स्थानीय कानुनको अभावमा भेटिएका कठिनाइ अब नीति निर्माणपछि हट्नेछन् । संविधानले अपाङ्गता भएका व्यक्तिका अधिकारलाई सुनिश्चित गरेको भन्दै यस नीतिले समावेशी शासनलाई बल दिने उनले बताइन्।

नगर प्रमुख सुशीला शाही, टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, जानकी गाउँपालिका प्रमुख गणेश चौधरी, र उपप्रमुख जुना चौधरीले पनि नीति कार्यान्वयनका सम्बन्धमा सुझाव दिएका छन् ।

जनगणना २०७८ अनुसार नेपालमा ६ लाख ४७ हजार ७ सय ४४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । कैलालीमा मात्र २२ हजार ४ सय ६५ छन् । नीति निर्माण भइरहेका पालिकाहरूमा लम्की चूहामा २ हजार ७ सय ४०, टीकापुरमा १ हजार ९ सय २७ र जानकीमा १ हजार २ सय ७ अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ ।

Couple
Loading...