धनगढीमा माघ ५ देखि फागुन १२ सम्म सीप तथा रोजगार मेला

धनगढी- धनगढी उपमहानगरपालिकाले माघ ५ देखि फागुन १२ गतेसम्म धनगढी खुला मञ्चमा सीप तथा रोजगार मेला २०८२ आयोजना गर्ने भएको छ। यस वर्ष मेला ७ विधाका २२ विभिन्न सेक्टर समावेश गरी सञ्चालन हुनेछ।

Ganyapdhura gau

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीका अनुसार सुदूरपश्चिमका ९ वटै जिल्लाबाट अनलाइन तथा अफलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। मेलामा ३० दिन सीप विकास तालिम र १० दिन परामर्श तथा रोजगार मेला सञ्चालन हुनेछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अटो मोबाइल, आईसीटी, हस्पिटालिटी, आर्ट–क्राफ्ट डिजाइनिङ, निर्माण–मेकानिकल, इभी गाडी मर्मत, डिजिटल मार्केटिङ, ड्रोन अपरेसन, ब्युटिसियन, हस्तकला, बुटिक–कढाइ, प्लम्बिङ, मोबाइल मर्मत लगायतका विषयमा तालिम उपलब्ध हुनेछ।

गत वर्ष मेलामा करिब ५ हजार आवेदन परेकोमा १ हजार ४० जना सहभागी भएका थिए। तीमध्ये ४७ प्रतिशतले रोजगार प्राप्त गरेको उप–प्रमुख कन्दकला रानाले बताइन्।

यो वर्षको मेला सञ्चालनका लागि उपमहानगरले १ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको र थप रकमका लागि विभिन्न निकायसँग समन्वय भइरहेको जनाइएको छ।

Couple
Loading...