धनगढी- धनगढीमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरिएको छ ।




धनगढी उपमहानगरपालिका–२ को रामजानकी मन्दिरस्थित भित्री सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको गस्ती टोलीले सो स्थानमा स्विटर, सुटपिस, दोपट्टा, प्लास्टिक झिल्ली लगायतका कपडा तथा सामग्री बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बरामद गरिएका सामानको मूल्य ५८ हजार ६५० रुपैयाँ रहेको प्रहरीले जनाएको
छ ।




