धनगढीमा सांसद, मेयर सहितको सहभागितामा निकालियो साइकल र्‍याली

धनगढी- धनगढी उपमहानगरपालिकाको आयोजनामा आज (शनिबा) साइकल र्‍याली निकालिएको छ । सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि शनिवार धनगढीमा साइकल र्‍याली निकालिएको हो। धनगढीको चौराहबाट निकालिएको साइकल र्‍याली गुरहीचोक हुँदै जेन्जी मार्गमा पुगेर समापन भएको हो।

Ganyapdhura gau

धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोदुवारा साइकल र्‍याली आयोजना गरिएको हो। साइकल र्‍यालीमा करिब तीन सय साइकल यात्रीको सहभागिता रहेको थियो।

Navadurga sun
Godawari sandesh

साइकल र्‍यालीमा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामी, धनगढी उपमहानरपालिकाका नगरप्रमुख गोपाल हमाल, विश्विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी बालबालिका, र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो।

Dadhaldhura pur

हाम्रो धनगढी, हामी बनाउँछौँ भन्ने उद्घोष तथा धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षित बनाउनका लागि साइकल र्‍यालीको आयोजना गरिएको उपमहानरपालिकाले जनाएको छ।

साइकल र्‍यालीमा सहभागी हुन बालबालिका, जेष्ठ नागरिक र महिलासमेतको उपस्थित थियो। धनगढी ४ बस्ने कोपिला कुँवरले साइकल र्‍यालीमा सहभागी हुन पाउदा निकै खुशी भएको बताईन् । धनगढी उपमहानगरपालिकाले गरेको यो काम प्रति म निकै खुशी छु उनले भनिन् राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनुपर्ने अनिवार्य आवश्यक छ ।

र्‍यालीमा धेरै सहभागीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाइृ धन्यबाद दिए । उनले गरेका काम प्रति धेरै सहभागी खुशि देखिन्थे ।

वातावारण राम्रो बनाउन, अर्थतन्त्र र स्वास्थ्यका लागि पनि साइकल चढ्नु राम्रो हो।साइकल संस्कृतिले वर्ग विभेद हट्छ, सहभागीले भनेका थिए , वर्गीय असमानता हटाएर वर्गीय समानता कायम गर्दै राम्रो स्वास्थ्य र सफा वातावारणका लागि साइकल चढ्नु पर्छ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामीले आफूले नियमित साइकल चढ्ने गरेको बताए। उनले स्वास्थ्य र वातावरणका लागि साइकल यात्रालाई प्राथमिकता राख्नुपर्ने बताए।

Couple
Loading...