पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नति गर्न अनुगमन

कञ्चनपुर- पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ। राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नति गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।

godawari 5_1
Ganyapdhura gau

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैं त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए । 

godawari 5_2
Godawari sandesh
Dadhaldhura pur

“पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरियासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधिसहितको टोली यहाँ आएको हो ।” डिभिजन प्रमुख यादवले भने, “ अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउछ, यसका दातृ निकाय सकारात्मक छन् ।”

उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए । “यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतिको काम गरिरहेको थियो ।” यादवले भने “हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नति भयो ।”

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले कपिलबस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नति गर्न बाँकी रहेको बताए। “भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौं ।” उनले भने “यो बाँकी सडक एडिबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नति गर्ने योजना छ । दुवैको सल्लाह र सहमति अनुसार डिजाइन तथा अध्ययन गर्छौ ।” उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम बढाइने जानकारी दिए । 

Couple
Loading...