अत्तरिया- संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) गोदावरी नगर कमिटीले मंगलबार अत्तरिया बजारमा विरोध प्रदर्शन गरेको छ । एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तर्गत अत्तरियामा प्रदर्शन गरेको हो ।


विरोध र्याली अत्तरिया बजार परिक्रमा गर्दै ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको मदन आश्रित स्मृति प्रतीक्षालयमा कोष सभामा परिणत भएको थियो । एमालेले संसद् विघटन विरुद्ध देशभरका सबै पालिकामा आज भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

त्यस्तै संसद् पुनर्स्थापना र आसन्न महाधिवेशन केन्द्रित जनपरिचालन अभियान सञ्चालन गर्न सबै वडा र नगर कमिटीहरूलाई निर्देशन दिएको पार्टीले जनाएको छ । पार्टी निर्णय अनुसार एमालेले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा क्रमिक रूपमा जनप्रदर्शन र सभा सञ्चालन गर्ने तयारी गरेको छ ।
