डोटीमा १२ प्रतिशतभन्दा बढी सुत्केरी २० वर्षमुनिका

डोटी- गत आर्थिक वर्ष २०८१/०८२ मा डोटी जिल्लामा २० वर्षमुनिमा तीन सय २० किशोरीहरु आमा बनेका छन् । स्वास्थ्य कार्यालय, डोटीले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा दुई हजार पाँच सय ८५ महिला सुत्केरी भएका थिए । जसमध्ये तीन सय २० जना २० वर्षमुनिका रहेका छन् । यो सङ्ख्या कुल सुत्केरी हुने महिलाको १२.७६ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०८०/०८१ मा कुल सुत्केरी भएका महिलामध्ये १० प्रतिशत २० वर्षमुनिका रहेका थिए । उक्त अवधिमा दुई हजार सात सय नौ जना महिलाहरू सुत्केरी भएका थिए, जसमा दुई सय ७६ आमाहरू २० वर्षमुनिका थिए । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २० वर्षमुनिका आमा हुनेको सङ्ख्या गत वर्षभन्दा बढेको देखिन्छ ।

Ganyapdhura gau

२० वर्षमुनिका आमा बन्नेमा प्रतिशतको हिसाबले सवैभन्दा बढी बडी केदार गाउँपालिकामा रहेका छन् । यस पालिकामा दुई वर्षको अवधिमा दुई सय ९८ जना महिलाहरू सुत्केरी भएकामा ८५ जना अर्थात् २८.५२ प्रतिशत २० वर्षमुनिका छन् ।

Navadurga sun
Godawari sandesh

केआई सिंह गाउँपालिकामा २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या अन्य आठ पालिकाको भन्दा कम छ । यस पालिकामा दुई वर्षको अवधिमा पाँच प्रतिशत २० वर्षमुनिका आमा भएका छन् । दुई वर्षको अवधिमा कुल पाँच सय तीन जना सुत्केरी भएकामा २६ जना २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जोरायल गाउँपालिकामा दुई वर्षको अवधिमा सुत्केरी भएका चार सय २२ जना महिलामध्ये ७३ जना अर्थात् १७.२९ प्रतिशत २० वर्षमुनिका रहेका छन्।
पूर्वी चौकी गाउँपालिकामा दुई वर्षको अवधिमा सुत्केरी भएका कुल महिलामध्ये १५.७७ प्रतिशत २० वर्षमुनिका छन् । यस पालिकामा आर्थिक वर्ष २०८०/८१ गरी दुई वर्षमा चार सय १२ जना सुत्केरी भएका थिए । जसमा ६५ जना २० वर्षमुनिका रहेका छन् ।

बोगटान फुड्सिल गाउँपालिकामा दुई वर्षको अवधिमा ४३ महिलाहरू २० वर्ष नपुग्दै आमा भएका छन् । यस पालिकामा सो अवधिमा तीन सय ५३ जना महिलाहरू सुत्केरी भएका थिए । जसमा १२.१८ प्रतिशत महिलाहरू उमेर नपुग्दै आएमा भएका छन् ।

शिखर नगरपालिकामा सुत्केरी हुने महिलामध्ये १२ प्रतिशत २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यस पालिकामा आर्थिक वर्ष २०८०/०८१ मा २७ र २०८१/०८२ मा २१ गरी ४८ महिला २० वर्षमुनिकै आमा बनेका छन् । यो सङ्ख्या दुई वर्षको अवधिमा कुल चार सय महिला सुत्केरी भएका थिए ।

Dadeldhura hospital

दुई वर्षको अवधिमा दिपायल सिलगढी नगरपालिकामा एक सय ३९ महिलाहरू २० वर्ष उमेर नपुग्दै आमा वनेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ५५ जना र २०८१/०८२ मा ८४ जना उमेर नपुग्दै आमा वनेका हुन् । यस पालिकामा दुई वर्षको अवधिमा एक हजार सात सय १४ जना सुत्केरी भएका थिए । दिपायल सिलगढीमा कलिलै उमेरमा सुत्केरी हुने महिलाहरूको सङ्ख्या आठ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

आदर्श गाउँपालिकामा सुत्केरी हुने महिलाहरूमध्ये ११.४२ प्रतिशत २० वर्ष नपुग्दै आमा बन्ने गरेको देखिएको छ । यस पालिकामा दुई वर्षको अवधिमा ६ सय ७४ जना महिला सुत्केरी भएका थिए । २० वर्षमुनिका ७७ जना महिला रहेका छन् ।

सायल गाउँपालिकामा दुई वर्षको अवधिमा ५० जना महिलाहरू २० वर्ष नपुग्दै आमा बनेका छन् । यस पालिकामा यस अवधिमा सुत्केरी हुने कुल महिलाको सङ्ख्या पाँच सय १८ रहेको छ । यस आधारमा उमेर नपुग्दै आमा बन्ने महिलाहरूको सङ्ख्या ९.६५ प्रतिशत हुन आउँछ ।

नेपालको कानुन अनुसार विवाहको उमेर केटा र केटी दुवैको २० वर्ष हुनु पर्ने व्यवस्था छ । २० वर्ष नपुगी विवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ७५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था बालबालिका सम्बन्धी ऐन, २०७५ मा व्यवस्था छ । तर कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या भने बढ्दो छ ।

९७ प्रतिशत संस्थागत सुत्केरी

जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ। स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी कपिलदेव जोशीले दिएको अनुसार अनुसार आर्थिक वर्ष २०८१/०८२ मा सुत्केरी भएका दुई हजार पाँच सय ८५ महिलामध्ये दुई हजार पाँच सय १७ जना स्वास्थ्य संस्थामा गई सुत्केरी भएका छन् । यो सङ्ख्या कुल सुत्केरी सङ्ख्याको ९७.३७ प्रतिशत हुन आउँछ । यस अवधिमा घरमै सुत्केरी हुनेको सङ्ख्या ६८ रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सुत्केरी भएका कुल महिला दुई हजार सात सय नौ मध्ये दुई हजार ६ सय २२ जना अर्थात् ९६.७८ प्रतिशत स्वास्थ्य संस्थामा गई (संस्थागत) सुत्केरी भएका छन् ।

Couple
Loading...