अत्तरिया बजारका सडक नालीहरु सरसफाई हुँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया बजारका सम्पूर्ण सडक नालीहरूमा सरसफाइ अभियान तीव्र रुपमा अगाडि बढाएको छ। पछिल्लो समय नालीमा जाम लाग्ने र अब्यावस्थित हुँदै गर्दा गोदावरी नगरपालिकाले सोमबार बिहानैदेखि डोजर, टिप्पर र अन्य उपकरण प्रयोग गरी बजार क्षेत्रका नाली सफा गर्न थालेको हो।

Ganyapdhura gau

नालीहरूमा प्लास्टिकजन्य फोहोर, लेदो, ढुंगा, इँटा आदि थुप्रिएर साना वर्षामा पनि पानी सडकमा जम्ने समस्या देखिएपछि, समस्या समाधानको प्रयासस्वरूप नगरपालिकाले व्यापक सरसफाइ कार्य अघि बढाएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट सहित अन्य कर्मचारी तथा जन प्रतिनिधिहरु सरसफाई अभियानमा जुटेका छन ।

Navadurga sun
Dadhaldhura pur

फोहोर व्यवस्थापन शाखाका इन्चार्ज प्रमल महराले जनाए अनुसार, नियमित फोहोर संकलनका लागि बिहान र बेलुकाको समयमा ट्याक्टर परिचालन गरिए तापनि, केही पसलधनीहरूले फोहोर नाली छेउमा राख्ने, वा सडकमै फाल्ने प्रवृत्तिका कारण समस्या झन् बढेको हो। यस्तो लापरवाहीका कारण नालीहरू जाम भई दुर्गन्ध फैलिने अवस्था सिर्जना भएको हो।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका अनुसार, अत्तरिया चोकदेखि दक्षिण पर्ने ६ लेन सडकखण्ड, अत्तरिया चौक, महेन्द्रनगर गल्लीमा सरसफाई भईरहेको बताएका छन । साथै अत्तरियाको दिर्घकालिन निकासका लागि योजना सँगै काम अगाडी बढी रहेको समेत बताएका छन ।

त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगरका ई. प्रकाश खड्का अनुसार अहिले तत्काल ढक्कन लगाउने काम मात्र हुने बताएका छन । २ महिनाभित्र सक्ने गरी लटिनाथ कन्स्ट्रक्सनसँग २३ लाखमा सम्झौता गरिएको बताए ।

बाकी काम निर्माणको लागि पुनः ठेक्का आह्वान गरिने ई. खड्काले वताएका छन । सबै निर्माण काम सकिएपछि अत्तरिया चोक देखि सडक नोलामा आगामी दिनमा पानी जाम कम हुने बताइएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...