

धनगढी- बैतडीका एक जना लागूऔषधसहित धनगढीबाट पक्राउ परेका छन् ।



कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट बैतडीको पाटन नगरपालिका–१ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीया कोठा गरी बस्ने २४ वर्षीय नन्दराज भट्ट लागूऔषधसहित पक्राउ परेका हुन् ।


भट्टको साथबाट ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।





