सुदूरपश्चिम मेटल व्यवसायी संघका पूर्वअध्यक्ष बिष्टको निधन

अत्तरिया- सुदूरपश्चिम मेटल व्यवसायी संघका पूर्वअध्यक्ष एवं संस्थापक सदस्य गंगाराम बिष्टको निधन भएको छ । विरामी भइ अत्तरिया अस्पतालमा उपचारको क्रममा उनको मंगलबार निधन भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

गोदावरी नगरपालिका लालपुरमा बस्दै आएका ५४ वर्षीय बिष्टको बुधबार गोदावरी आर्यघाटमा दाहसंस्कार गरिएको सुदूरपश्चिम मेटल व्यवसायी संघका अध्यक्ष हिक्मत सुनारले जानकारी दिए ।

Navadurga sun

बिष्टको निधनले पूरै मेटल व्यवसायी दुःखी भएको उनले बताए । मेटल व्यवसायीमा रहँदा बिष्टले गरेका राम्रा कामको स्मरण गर्दै सुनारले भने ‘उनको मृत्युले अपुरणीय क्षति भएको छ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...