खमौरा हत्या प्रकरण : हत्याराको रिहाईको विरोधमा संघर्ष समिति गठन

गोदावरी-१० खमौरा हत्या प्रकरणमा हत्यारालाई छोडेको विरोधमा पत्रकार सम्मेलन

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीकाे गोदावरी नगरपालिका १० खमौराका मृतक शेरबहादुर चौधरीका आफन्तहरूले हत्यारालाई अदालतले छोडेको विरोधमा आज पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा उनीहरूले न्यायको माग गर्दै संघर्ष समिति गठन गरेका र विरोधका श्रृंखलाबद्ध कार्यक्रम सार्वजनिक गरेका छन् ।

Ganyapdhura gau

Navadurga sun
Dadhaldhura pur

संघर्ष समितिले आज १९ गते प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाउने, २० गते अत्तरिया प्रहरी चौकी घेराउ गर्ने, २१ गते अदालत अगाडि धर्ना र घेराउ गर्ने कार्यक्रम घोषणा गरेको छ । ती कार्यक्रमपछि पनि न्याय नपाए अत्तरिया चोकमा चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

गत असोज २३ गते खमौरा वार्ड नं १० का चुलुराम चौधरीका छोरा शेरबहादुर चौधरीको विकास मल्ल र लक्की मल्लले हत्या गरेका थिए । अभियुक्तहरूले राति घरबाट तानेर चौधरीको हत्या गरेको र उनीहरूसँग मृतकका भाइसँगको रिसिबी रहेको बताइएको छ । भाइ भने घटना स्थलबाट बच्न सफल भएका थिए ।

पीडित पक्षका आफन्तहरूले “गरिबहरूलाई मात्र सजाय, धनीलाई छुट — यो कस्तो न्याय ?” भन्दै अदालतको निर्णयप्रति असन्तोष व्यक्त गरेका छन् । कार्यक्रममा वडाध्यक्षले पनि उपस्थित भई पीडित पक्षका लागि न्याय दिलाउन आफूले पहल गरिरहेको बताए ।

आफन्तहरूले अदालतले हिजो विकास मल्ललाई र छिट्टै अर्का अभियुक्त लक्की मल्ललाई पनि छुट दिने संकेत देखिएको भन्दै न्यायका लागि आन्दोलन तीव्र पार्ने बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...