कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ 

धनगढी- कैलालीबाट लागूऔषधसहित बर्दियाका २ जना पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला भन्सार चेकपोष्ट नजिकबाट  बर्दियाको गेरुवा गाउँपालिका-१ छापापुर बस्ने २८ वर्षीय धर्मेन्द्र आचार्य र सोही ठाउँ बस्ने २९ वर्षीय आशिष नेपाली लागूऔषधसहित पक्राउ परेका हुन् ।

Navadurga sun

दुबै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...