सुदूरपश्चिमका ७ जना जेनजी आन्दोलनका शहीद घोषणा

धनगढी- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने । सरकारले घोषणा गरेअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका ७ जनालाई पनि शहीदको सूचीमा राखिएको छ ।

शहीदको सूचीमा रहेकामा बझाङका दुई, बैतडीका २, बाजुरा, दार्चुला र कैलालीका एक/एक जना रहेका छन् ।

सूची हेर्नुहोस्ः 

१) गौरब जोशी धनगढी-५ कैलाली
२) सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ
३)ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा
४)भिम राज धामी दुर्गाथली-१ बझाङ
५) निरज पन्त दशरथ-६ बैतडी
६)दीपक सिंह साउद शिवनाथ-२ बैतडी
७) उत्तम थापा लेकाम-३ दार्चुला

Loading...