आज प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

Dadeldhura hospital

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।

godawari10 Mahila hinsa
Navadurga sun

परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Loading...