कैलालीमा जुवा खेलिरहेका ७ जना पक्राउ

धनगढी- कैलालीमा डेढ लाख बढी रकमसहित सात जना जुवाडे पक्राउ परेका छन् ।

मोहन्याल गाउँपालिका–७ को पितमारीमा रहेको ग्रिन सिटी होटलमा छापा मारेर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले एक लाख ७७ हजारसहित सात जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–७ का ६८ वर्षीय अम्मर बुढा, ३० वर्षीय महेन्द्र साउँद, २६ वर्षीय डबल बुढा, लम्कीचुहा नगरपालिका–१ थकालीपुरका ४८ वर्षीय नेत्र शाही, चिसापानीका ६५ वर्षीय कुलबहादुर शाही, ३८ वर्षीय बिर्खबहादुर बिष्ट र सोही होटलका सञ्चालक ३० वर्षीय लोकेन्द्र बहादुर शाही रहेका छन् ।

उनीहरूको साथबाट १२ गड्डी तास पनि बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय चिसापानीकी प्रहरी निरीक्षक मिरा खड्काको नेतृत्वको टोली उक्त अप्रेसन गरेको थियो । पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

Loading...