अनशन बसेका अछामका बुढाले भेटे प्रधानमन्त्री कार्कीलाई

सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै चार दिनसम्म आमरण अनशन बसेका अछामका मदन बुढा र सुदूरका जेन्जीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।

जेन्जी आन्दोलनका घाइते र सहिद परिवारका सदस्यहरूले समेत मङ्गलवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्री कार्कीले सुदूरपश्चिम र कर्णालीबाट पनि अहिलेको अन्तरिम सरकारमा मन्त्री बनाइने आश्वासन दिएकी छन्।

Navadurga sun

प्रधानमन्त्रीले सहिद र घाइतेका परिवारका कुनै एक जनालाई योग्यता अनुसारको रोजगारी प्रदान गर्ने लगायतका विभिन्न विषयहरुमा प्रतिवद्धता जनाएको बुढाले बताएका छन्।

बुढा असोज २४ गतेदेखि २८ गतेसम्म अन्तरिम सरकारमा सुदूरपश्चिमको सहभागिताको माग राख्दै माइतीघर मण्डलमा अनशन बसेका थिए। 

ADD Khali jpg
ADD Khali jpg
Loading...