कञ्चनपुर- कञ्चनपुरबाट झन्डै नौ लाखको अवैंध सामान बरामद गरिएको छ ।




जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–३ भाँसी, भीमदत्त नगरपालिका–५ सुकासालबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान हिरो होण्डा कम्पनिको युके ०३ए३३४ नम्बरको मोटरसाइकलसहित अन्दाजी मूल्य ८ लाख ९३ हजार ६४० बराबरको सामान प्रहरीले बरामद गरेको हो।


उक्त मुल्य बराबरको मेडिफिड, जकेट, बेल्ट, किराना सामान, एसी/फ्रिजमा प्रयोग हुने ग्यास, सुटको कपडा, मिठाई लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।




