सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा सामान्य मर्मत सम्पन्न

धनगढी- जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षति पुगेका सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालयहरू मर्मत गरिएको छ ।

Dadeldhura hospital

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार, सामान्य क्षति भएका सचिवालय र समितिका कार्यालयमा साधारण मर्मत कार्य पूरा भएको हो ।

Navadurga sun
Godawari sandesh

जैसीले भने, “विषयगत समितिको एउटाबाहेक अन्य कार्यालयमा धेरै क्षति नभएकाले सामान्य मर्मत गरिएको हो ।” सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत ५ वटा विषयगत संसदीय समिति रहेका छन् । तर, प्रदेश सभा भवन र संसदीय दलका कार्यालयहरूमा बढी क्षति भएकाले मर्मत कार्य अझै सुरु भएको छैन ।

उनका अनुसार, तिहारपछि छलफल गरी मर्मत कार्य अघि बढाइने योजना छ । गत भदौ २४ गते, जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले प्रदेश सभा भवनमा आगजनी र तोडफोड गरेका थिए ।

Loading...