बैतडीमा एक व्यापारी मृत फेला

बैतडी, ७ असाेज- बैतडीमा एक जना व्यापारी मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनी सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।

Ganyapdhura gau
Dadeldhura hospital

स्थानीयले बिहान ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महराको टाउँकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। स्थानीय प्रताप महराले मृतकको टाउको, छाती र शरीरका तमाम भागमा चोट देखिएकाले घटनाको सूक्ष्म ढंगले छानबिन गर्नुपर्ने बताए।

Navadurga sun
Godawari sandesh

‘अहिले इलाका प्रहरी कार्यालय पाटनको घटनास्थल पुगेको छ,’ प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ।’

Couple
Loading...