उत्तरपुस्तिका जलेपछि सीटीईभीटीले पुनः परीक्षा लिने

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको छ।

Navadurga sun
Godawari sandesh

गत आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका थिए। तीमध्ये करीब १४ हजार ७ सय वटा उत्तरपुस्तिका नष्ट भएको प्रवक्ता आचार्यले जानकारी दिए।

जलेका उत्तरपुस्तिकामा डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीहरूका परीक्षा समावेश रहेका थिए। सीटीईभीटीले विद्यार्थीहरूको हितलाई मध्यनजर गर्दै पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Couple
Loading...