

धनगढी- कैलालीको अत्तरियास्थित सुधारगृहमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।



उग्रतारा सुधारगृहमा कञ्चनपुरको पुनर्वास नगरपालिका–७ च गाउँका २७ वर्षीय रमेश तामाङ झुन्डिएको अवस्थामा भेटिएका हुन् ।


इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । तामाङ बैशाख ८ गतेदेखि सो सुधारगृहमा रहेका थिए ।





