

धनगढी- स्कुटी दुर्घटना हुँदा धनगढीका एक युवकको मृत्यु भएको छ ।



धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो ।


घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटी पछाडि सवार २६ वर्षका सरोज बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।





