धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुल निर्माण

अत्तरिया- धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Ganyapdhura gau

धनगढी–स्याउले सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार, गोदावरी नगरपालिका–८ स्थित जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पुल निर्माणको काम लगभग ८० प्रतिशत सम्पन्न भइसकेको छ। हाल कालोपत्र (ब्ल्याकटप) र खोलाको किनारमा तटबन्ध निर्माणको काम मात्र बाँकी रहेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

ती पुल निर्माणको लागि ३ करोड १५ लाख रुपैयाँ लागतमा गत आर्थिक वर्षको पुसमा पृथ्वी र पशुपति जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले कामलाई प्राथमिकतामा राख्दै पुल निर्माणको कार्य गरिरहेको हुँदा निर्धारित समयभन्दा ढिलो भए पनि अन्तिम चरणमा पुगेको इन्जिनियर रैखोलाले बताए ।

Dadeldhura hospital

यस सडकखण्डमा धनगढी–स्याउले–हाटखोली १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रको काम अघिल्लो आर्थिक वर्ष २०८०/८१ असारमा सम्पन्न भइसकेको थियो। साथै, स्याउले–हाटखोली सात किलोमिटर सडक कालोपत्रको काम अहिले प्रगतिको क्रममा रहेको छ।

धनगढी–खुटिया–दिपायल द्रुतमार्गको सुरुवात वि.सं. २०६४ मा सर्वेक्षण गरेर ‘ट्रयाक’ खोल्ने कामबाट भएको थियो। सुरुमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे गरिएकोमा पछि पूर्व–पश्चिम राजमार्गको स्याउले–धनगढी सडक १० किलोमिटर थपेर कुल लम्बाइ ९२ किलोमिटर कायम गरिएको थियो।

यो द्रुतमार्ग धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ जोड्ने मार्गमा पर्ने भएकाले छोटो दूरी र क्षेत्रीय दृष्टिले महत्वपूर्ण मानिएको छ। तर, सरकारले पर्याप्त बजेट विनियोजन नगरेको हुँदा सडक निर्माणमा गति लिन समस्या भएको आयोजनाले जनाएको छ।

हालको अवस्था अनुसार, धनगढी–खुटिया–डोटीको बिपीनगर–केआईसिंह गाउँपालिका हुँदै दिपायल जोड्ने सडकखण्डको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ र स्तरोन्नति भइरहेका कारण द्रुतमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ।

Couple
Loading...