आगजनीका क्रममा लगिएका सामान फिर्ता गर्न कृष्णपुर नगरपालिकाको आग्रह

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भदौ २४ गते आगजनीका क्रममा लगिएका सामान फिर्ता गर्न आग्रह गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै जेन जी आन्दोलनका क्रममा भएको आगजनी तोडफोडका क्रममा लगिएका सामान फिर्ता गर्न आग्रह गरिएको हो ।

Dadeldhura hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा जारी सूचनामा भनिएको छ ‘आगजनी तोडफोडको क्रममा केही जिन्सी मालसामानहरू पनि आफू साथ लगी गएको भन्ने जानकारीमा आएकोले यस प्रकारको कार्यालयको जिन्सी मालसामानहरू कुनै कसैले प्राप्त गर्नुभएको छ भने कार्यालयका निम्न कर्मचारीलाई जानकारी गराई यथाशीघ्र कार्यालयमा फिर्ता बुझाउन हुन साथै यस प्रकारको सामान कोही कसैबाट खरिद विक्री नगर्न आग्रह गरिन्छ ।’

godawari10 Mahila hinsa
Navadurga sun

सूचनामा कोही कसैबाट यस प्रकारको मालसामान फेला परेमा वा खरिद बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

Loading...