डडेल्धुरा- डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ परेका छन् ।




जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा २६ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो ।


बाकी ५९ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।




