महाकाली नदीमा बेपत्ता भएका टीकाराम अझै भेटिएनन् 

Dadeldhura hospital

बैतडी, ४ असाेज– महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका वडा नं. ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन्। आइतबार दिउँसो बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम जाने क्रममा लडेर नदीमा खसेर टमाटा बेपत्ता भएका सशस्त्र प्रहरीको बिओपी झुलाघाटले जनाएको छ।

Ganyapdhura gau

बेपत्ता भएका टमाटाको खोजी कार्य जारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।टमाटा भारतको झुलाघाटबाट सामान किनेर लेकम जाँदै गरेका थिए। साँघुरो बाटो भएका कारण टमाटा एक्कासि लडेर महाकालीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ।

Couple
Loading...