गोदावरी मोबाइल व्यवसायी संघ अत्तरियाको प्रथम साधारणसभा हुँदै

अत्तरिया-  गोदावरी मोबाइल व्यवसायी संघ, अत्तरियाको प्रथम साधारणसभा यही भदौ २८ गते शनिबार स्वागत इन होटलमा सम्पन्न हुने भएको छ । साधारणसभाका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको संघले जनाएको छ । 

संघका अध्यक्ष गंगा प्रसाद निरौलाका अनुसार अत्तरिया क्षेत्रमा हाल ६२ जना मोबाइल व्यवसायी सक्रिय रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । ती सबै व्यवसायीहरूको साझा संगठनका रूपमा संघ स्थापना गरिएको र यस साधारणसभाले संघलाई थप सुदृढ र प्रभावकारी बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निरौलाले मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुरक्षाको सुनिश्चितता तथा व्यवसायको प्रवर्द्धन नै संघको प्रमुख उद्देश्य रहेको जानकारी दिनुभयो । साथै संघले व्यवसायिक गतिविधिसँगै सामाजिक कार्यहरूमा पनि सक्रिय योगदान पुर्‍याउने बताइएको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरूले मोबाइल व्यवसायसँग सम्बन्धित चुनौती र सम्भावनाबारे चर्चा गर्नेछन् । साधारणसभामा संघको आगामी कार्ययोजना, आर्थिक प्रतिवेदन, आन्तरिक व्यवस्थापन र संगठनात्मक सुदृढीकरणबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।

“सामाजिक सद्भावना, व्यवसायिक सुरक्षा, हकहित र अधिकार हाम्रो कामना” भन्ने मूल नाराका साथ सञ्चालन हुने यो साधारणसभाले मोबाइल व्यवसायीहरूबीच आपसी सहयोग र एकताको सन्देश दिने विश्वास संघले व्यक्त गरेको छ ।

Loading...