कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

Dadeldhura hospital

मंगलवार साँझ करिब ६ बजे भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सार्वजनिक शौचालयमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका–१० बस्ने २७ वर्षीय धनबहादुर बाग लागूऔषधसहित पक्राउ परेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

दुबै जनाको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन बरामद गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषधसहित अस्थायी प्रहरी चौकी बसपार्क, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...